क्यान बैठकका १३ निर्णय: सन्दिपको निलम्बन फुकुवा, ज्ञानेन्द्र मल्ललाई बि ग्रेडको कन्ट्रयाक्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 01:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा २०७९ साल माघ १७ गते मङ्गलवार पोखरामा बसेको संघको बोर्ड बैठकले १३ वटा निर्णय गरेको हो । 

बैठकले सन्दिप लामिछानेको निलम्बन फुकुवा गरेको छ भने खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्ट तय गरेको छ । जस अनुसार रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, र आशिफ शेख ग्रेड ए मा परेका छन् । आरिफ शेख,  कुशल भुर्तेल, र ज्ञानेन्द्र मल्ल बि ग्रेडमा परेका छन्  ।

यस्ता छन् बैठकका १३ निर्णय : 

१) नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई मनोनयन गर्ने ।

२) संघको वार्षिक साधारण सभा मिति २०७९ साल फाल्गुण १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने ।

३) सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि निम्न बमोजिम १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीहरूलाई केन्द्रीय करारमा राख्ने ।

पुरुष खेलाडीहरूको नामावली

क) ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख
ख) ग्रेड बी :आरिफ शेख,  कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल
ग) ग्रेड सी : कमल सिंह ऐरी, विनोद भण्डारी, गुलशन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव

महिला खेलाडीहरूको नामावली

क) ग्रेड ए : रुविना क्षत्री, सीता राना मगर, इन्दु बर्मा

ख) ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य

ग) ग्रेड सी : कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगम 


४) बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरियो र अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरियो ।

५) अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरियो ।

 ६) पूर्व प्रहरी नायब महानिरीक्षक श्री ईश्वर बाबु कार्कीको संयोजकत्वमा संघका Anti Corruption अफिसर श्री रितेश सिंह र थप एक जना सदस्य पछि मनोनयन गर्ने गरी ३ सदस्यीय CAN Integrity Committee गठन गर्ने ।

७) NepalT20 प्रतियोगिता सम्पन्न भइसकेको हुँदा Governing Council लाई विघटन गर्ने ।

८) सेभेन थ्री स्पोर्टस प्रालि सँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएकोले आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेस गर्ने ।

९) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरूको आरोप पुष्टि पश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अगाडि बढाउने ।

१०) कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यवाहक सचिवको जिम्मेवारी छोडेकोमा बोर्डले अनुमोदन गर्ने निर्णय गरियो । साथै उक्त बैठकले कार्यसमिति सदस्य श्री दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरियो ।

११) नेपाल क्रिकेट संघका हाल विद्यमान निर्वाचित १५ सदस्यहरू मध्ये पाँच जना निर्वाचित सदस्यहरूले नेपाल टी२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेको विषयमा छलफल हुँदा निजहरूको उक्त मागले नेपाल क्रिकेट संघ फेरी एक पटक निलम्बनतिर जाने खतरामा रहेको महसुस गरेको छ तसर्थ विगतका कमीकमजोरीलाई सच्याई एक ढिक् भएर नेपाल क्रिकेट संघको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन आजको बोर्ड बैठकले हार्दिक आग्रह गर्दछ ।

१२) NepalT20 का सम्बन्धमा एभरेस्ट प्रिमियम लिगका सञ्चालक अमिर अख्तर लगायतले नेपाल क्रिकेट संघ र संघका अध्यक्ष श्री चतुर बहादुर चन्दको नाममा सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सम्बन्धमा छलफल गर्दा उक्त मुद्दा फिर्ता लिनका लागि श्री अमिर अख्तर, ईपिएल लगायतका सबैलाई आग्रह निर्णय गरियो ।

१३) नेपाल क्रिकेट संघको विशेष साधारण सभा आगामी २०८० ज्येष्ठ मसान्त भित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved