सयौँ वर्षको विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित ४ राष्ट्रको संयुक्त दावी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 09:19:47 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण अमेरिकाका ४ राष्ट्रले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न संयुक्त दावी पेश गरेका छन् ।  विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न आधिकारिक रूपमा संयुक्त प्रस्ताव पेश गरेका छन् ।

यी ४ दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकप फुटबल सुरु भएको भूमी उरुग्वेलाई उल्लेख गर्दै ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकप फुटबलको आयोजना भएको थियो । उक्त विश्वकप आयोजक राष्ट्र उरुग्वेले नै जितेको थियो ।

सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पनि पूरा हुँदैछ । 

संयुक्त दावी पेश गरेका यी ४ दक्षिण अमेरिकी राष्ट्रले स्पेन र पोर्चुगलसँगै र मोरक्को र साउदी अरबको सम्भावित संयुक्त प्रस्तावसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । सन् २०२६ को विश्वकप फुबटल भने अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले ‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको उत्सव पनि हो, हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूलाई फिफाले सम्मान गर्नेछ’ भनेका छन् । 

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा विश्वकप आयोजना हुनुपर्ने सबै दक्षिण अमेरिकीहरूको सपना रहेको बताएका छन् ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि ट्वीट गर्दै छिमेकी देश बोलिभियालाई पनि ४ राष्ट्रको प्रस्तावमा सामेल हुन आग्रह गर्ने उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved