सिंगापुरलाई पाखा लगाउँदै विश्वकप छनोटमा नेपालको सानदार सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 06:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

उपाधि दाबेदार नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ । जितको लागि २६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो ।

टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । नेपालको जितमा ब्याट्सम्यान आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । आकाशको डेब्यू खेल हो । 

विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । 

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै नेपालका लागि राम्रो योगफलको आधार तय गरे । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट हुन पुगेका थिए । कप्तान देव खनाल २६ बलमा १ चौकासहित २१ रनमा आउट भए । 

डेब्यू खेल खेलेका दीपक बोहरा पनि १५ बलमा २ चौका हिर्काएर १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहराले ५ रन बनाए । विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । 

नेपालले अब शुक्रबार कुवेतसँग र फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्ने नेपालले आफ्नो अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved