विश्वकप छनोटमा नेपालको लगातार तेस्रो सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 04:12:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । जितको लागि १२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । 

नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे । डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहे । 

दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको साझेदारी गरे । ओपनर अर्जुन कुमाल १२ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।

मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले अब मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोलीले आगमी वर्ष श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved