युएई विरुद्द पहिले बलिङ गर्दै नेपाल, सन्दीप पनि टिममा समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 11:32:57 AM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएई भिड्दै छन् । आजको खेलमा नेपालले टसजितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

आजको टिममा सन्दीप लामिछाने पनि समावेश छन् । सर्वोच्च अदालतले उनलाई युएई जान अनुमति दिएपछि उनी हिजो बुधबार मात्र युएई  गएका थिए । 

युएईमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ । युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल आज युएईसँग खेल्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved