युएईमाथि नेपालको रोमान्चक जित: अंक तालिकाको ५ औ स्थानमा उक्लियो, अब ४ खेल बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2023 | 06:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले युएईमाथि रोमान्चक जित हासिल गरेको छ । आज नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । यस सँगै नेपाल अंक तालिकामा ५ औ स्थानमा उक्लिएको छ   

खेलमा नेपालले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२९ रन जोडेको थियो  । नेपालको लागि भिम सार्कीले सर्वाधिक ७० रन बनाएका थिए। उनी खेलको म्यान अफ द म्याच बने । त्यस्तै आरिफ शेखले नट आउट ४३  रन, तथा कुशल मल्लले ३२ रन जोडेका थिए  । त्यस्तै सन्दीप लामिछानेले २७ रन बनाएका थिए  

२३० रनको लक्ष्य लिएर मैदान उत्रेको युएई ४५ ओभरमा अल आउट हुँदै १८७ रन मात्र जोड्न सक्यो  । युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन, आर्यन लाक्राले रन तथा अरविन्दले १३ रन जोडे  । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्  

युएईलाई १८७ रन मै अल आउट गर्ने क्रममा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३-३ विकेट लिए  । त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए  । युएईका एक ब्याट्सम्यान भने रन आउट भएका थिए  

यस सँगै युएईलाई पछि पार्दै नेपाल प्रतियोगिताको अंक तालिकाको ५ औ स्थानमा उक्लिएको छ  । अब नेपालले ४ खेल खेल्न बाँकि छ  । ४ खेल नै नेपालमा हुने छ  । नेपालले नेपालमा युएईसँग २ खेल र पीएनजीसँग २ खेल खेल्ने छ  । नेपालले ४ वटै खेल जित्न सकेमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लेर सिधै विश्वकप छनौट खेल्ने सम्भावना बाँकि छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved