यूएईविरुद्द शानदार जितसँगै नेपालको ओडीआई मान्यता कायमै, अंक तालिकामा अमेरिकाभन्दा माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 03:32:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले युएईमाथि शानदार जित हात पारेको छ । नेपालले युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो 

खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै २४८ रन बनाएको थियो । नेपालको लागि क्याप्टेन रोहित कुमार पौडेलले सर्वाधिक ७७ रन, भिम सार्कीले २९ रन, आरिफ शेखले ४३ रन, गुल्सन झाले ३७ रन, र दिपेद्र सिंह ऐरीले ३४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् 

२४९ रनको विजय लक्ष्य पाएको युएई २२.५ ओभरमा ७१ रन मै अल आउट भयो । युएईलाई सस्तैमा समेट्न ललित राजबंशीले सर्वाधिक ५ विकेटले लिए भने सन्दिप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १-१ विकेट लिए 

यो जित सँगै नेपालको एक दिवसीय बरियता कायम नै रहने भएको छ । यो जित सँगै नेपाल अंक तालिकामा ३६ अंक सहित चौथो स्थानमा उक्लिएको छ । नेपालले अमेरिकालाई पछि पार्दै चौथो स्थान लिएको हो । चौथो स्थानमा उक्लिएसँगै नेपालको एक दिवसीय मान्यता कायम नै रहने भएको हो 

अब नेपालले भोलि सोमबार पीएनजीलाई र बिहिबार युएईलाई पराजित गरेमा नेपाल ४० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लने छ । तेस्रो स्थानमा नेपाल पुगेमा नेपाल सिधै एक दिवसीय विश्वकप छनौट खेल्न पाउने छ 

यदि शिर्ष ३ मा पर्न सकेन भने पनि नेपालले विश्वकप छनौट खेल्न सक्छ  । तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ। 

 विश्वकप छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved