आगामी फिफा विश्वकपको लागि नयाँ फर्म्याट स्वीकृत, ३२ टिम नकआउटमा पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 08:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकप फुटबलको लागि नयाँ ढाँचा स्वीकृत गरेको छ । फिफा काउन्सिलको मंगलबारको बैठकले नयाँ फर्म्याट स्वीकृत गरेको हो।

नयाँ फर्म्याट अनुसार अब सन् २०२६ मा हुने विश्वकपमा कुल ४८ टिम रहने छन् भने कुल १०४ खेल हुने छ। ३२ टिम सहभागी हुँदा कुल ६४ खेल हुने गरेको थियो । सन् २०२६ मा पहिलो पटक ४८ टिमले विश्वकप खेल्ने छन् ।

फिफाले ४८ टिमलाई हरेक समुहमा ४ टिम रहने गरि १२ वटा समुहमा विभाजन गर्ने भएको छ । १२ वटा समुहका समुह बिजेता र समुह उपबिजेता गरि २४ टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थानमा रहने मध्येबाट उत्कृष्ट ८ टिम पनि नकाउट पुग्ने छन् । यस हिसाबमा कुल ३२ टिम नकआउटमा पुग्ने छन् ।

फिफाले यस अघि ४८ टिमलाई १६ टिममा विभाजन गर्ने जनाएको थियो । तर अन्तिम खेल खेल्ने टोलीले आफु अनुकुल नतिजा ल्याउन फिक्सिङको सम्भावना भई टिमहरुले निश्चित स्कोरलाइनको लागि खेल्न सक्ने भएकोले फिफाले हरेक समुहमा ४ टिम रहने गरि नयाँ ढाँचा स्वीकृत गरेको हो । नयाँ फर्म्याट अनुसार प्रतियोगिता ३९ दिन चल्ने छ । 

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्ने छन् । आयोजकको हिसाबले यी ३ टिम विश्वकपको लागि छनौट भईसकेका छन् । सन् २०२६ को विश्वकपको फाइनल खेल १९ जुलाई २०२६ मा हुने छ ।

फिफाले हरेक ४ वर्षमा क्लब विश्वकप आयोजना गर्ने निर्णय पनि गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved