आज २ विकेट लिए सन्दिप लामिछानेको नाममा बन्ने छ यस्तो विश्व रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 08:35:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने नयाँ विश्व रेकर्ड बनाउने संघारमा पुगेका छन् । उनी एक दिवसीय क्रिकेट अन्तर्गत सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रुपमा विश्व रेकर्ड नतिक पुगेका हुन् । यसको लागि उनले थप २ विकेट लिनु पर्ने हुन्छ । 

आज युएई बिरुद्द हुने खेलमा सन्दिपले २ वा सो भन्दा बढी विकेट लिएको खण्डमा उनले आज नै विश्व रेकर्ड बनाउने छन् । हाल सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् । अब उनले आगामी ३ खेलमा २ विकेटले लिए उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडी बन्ने छन् । नेपालले आज बिहिबार युएई बिरुद्द किर्तिपुरमा विश्वकप क्रिकेट लिग २ अन्तर्गतको अन्तिम खेल खेल्दै छ । सन्दीपले आजकै खेलमा २ विकेट लिए उनको ४१ खेलबाट १०० विकेट बन्ने छ । र उनले सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रेकर्ड बनाउने छन् । 

हाल सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रेकर्ड अफगानिस्तानक राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट लिएर किर्तिमान बनाएका हुन्  । सन्दीपले आगामी ३ खेल भित्र थप २ विकेट लिए खानको नाममा रहेको यो रेकर्ड सन्दीपको नाममा हुने छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved