पारस खड्का आवद्द एसिया लायन्सले जित्यो लेजेन्ड्स क्रिकेट लिगको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 11:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान पारस खड्का आवद्द एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेट मास्टर्स प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा एसिया लायन्सले वर्ल्ड जायन्टसलाई ७ विकेटले पराजित गरेको हो 

खेलमा पहिले ब्याटिंग गरेको वर्ल्ड जायन्टसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको एसिया लायन्सले उक्त लक्ष्य ३ विकेटको क्षतिमा १६.१ ओभर मै भेट्टायो 

प्रतियोगितामा एसिया लायन्स, वर्ल्ड जायन्टस र इण्डियन महाराजा गरि कुल ३ टिम सहभागी थिए। यी टिमको कप्तानी क्रमश शेन वाट्सन, शाहिद अफ्रिदी, र गौतम गम्भीर थिए । वर्ल्ड जायन्टस समुह चरणको ४ मध्ये ३ खेल जित्दै फाइनल पुगेको हो भने एसिया लायन्स ४ मध्ये २ खेल जित्दै फाइनल पुगेको हो । इण्डियन महाराजाले एक मात्र खेल जितेको थियो 

एसिया लायन्समा पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपालका खेलाडी थिए । नेपालबाट पारस खड्का मात्र टिममा थिए । इण्डियन महाराजामा भारतका खेलाडी थिए भने वर्ल्ड जायन्टसमा एसिया बाहिरका खेलाडी थिए । सबै टिममा राष्ट्रिय टिमबाट सन्यास लिइसकेका खेलाडी सहभागी थिए  

यस प्रतियोगिता पारस खड्का आवद्द एसिया लायन्सले जिते पनि प्रतियोगिताभर खड्काले बलिङ गर्न पाएनन्  । ब्याटिंग तर्फ उनले एक खेलमा नट आउट रहदै २ बलमा ३ रन बनाए भने अर्को खेलमा १० बलमा ८ रन बनाएर रन आउट भए । आजको फाइन खेल सहित ३ खेलमा उनको ब्याटिंगको पालो नै आएँन  

यो लेजेन्ड्स लिगको तेस्रो संस्करण हो। प्रतियोगिता कतारमा भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved