पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 10:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनल प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए । टी२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । 

नेपालका ओपनर विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७ बनाए । रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

बलिङतर्फ नेपालका लागि नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि।सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले १९१ विकेट लिए ।

पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । 

पपुवा न्युगिनीले केहि समयपछि आज नै हङकङसँग नै खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा खेल्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved