टी–२० सिरिजको उपाधिका लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 11:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । खेल रद्द भएपछि नेपाल र हङकङले एक एक अंक बाँढेका थिए ।

मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । 

यसअघि पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।

आजको खेलमा नेपालका लागि रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहराले खेल्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved