नेपाललाई पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 03:12:46 PM मा प्रकाशित

laxmi  sunrise bank

हङकङमा जारी टी २० सिरिजको फाईनल खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको फाइनल खेलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो । 

नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी २० सिरिजको उपाधि जितेको हो ।

हङकङमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए ।

यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

हङकङका लागि ओपनर टोनी उराले ६१, अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरि हिरिले १५ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३, गुल्सन झा र करण केसीले एकएक विकेट लिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved