मेस्सीलाई पछी पार्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Aug 25, 2017 | 06:02:48 AM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलका फुटबल खेलाडी तथा रियल म्याड्रिडका 'नायक' क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् ।क्रिश्चियानो रोनाल्डोले अर्जेन्टिनाका खेलाडी तथा बार्सिलोनाका स्टार मेस्सीलाई पाखा लगाउँदै लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका हुन।    

फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए ।  

लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३÷१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो ।

रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे ।नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन् । रोनाल्डोले पछिल्लो ला लिगा मा २५ र रियल म्याड्रिड च्याम्पियन्स लिगमा १३ खेलमा १२ गोल गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved