गणेश पहाडीः निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 08:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

गणेश कुमार पहाडी आज मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएपछि पहाडीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै पदभार पनि सम्हालिसकेका छन् । 

राष्ट्रिय राजनीतिमा दर्बिलो दख्खल राख्ने पात्र हुन् गणेश पहाडी । कयौँ पटक मन्त्रिपरिषद हेरफेर भएपनि पहाडीको नाम मन्त्रीका रुपमा अटाएको थिएन । तर, चुनाव घोषणा गरिसकेको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिँदा पहाडी पनि परेका छन् । 

आँखिर को हन् त गणेश पहाडी ?

गणेश पहाडी साढे दुई दशक अगाडी निर्विरोध गाविस अध्यक्षमा निर्वाचित भएका थिए । २०५४ मा भएको स्थानीय निर्वाचनमा सिन्धुलीको खाङसाङ गा.वि.स.मा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए । २०५९ सम्म गाविस अध्यक्षका रुपमा रहेपनि त्यसपछि स्थानीय चुनाव नै भएन । तर, पहाडी राष्ट्रिय राजनीतिमा भने उदाए ।

२०७४ को निर्वाचनमा सिन्धुली जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पहाडी २०७० देखि निरन्तर जनप्रतिनिधिका रुपमा छन् । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सिन्धेली १ बाटै विजयी भएका थिए । २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि उनी मन्त्री भने पहिलो पटक बनेका हुन् । 

पार्टी राजनीतिमा भूमीका के ?

२०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति जीवनमा प्रवेश गरेका उनी २०४८ मा नेकपा एमालेको सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भए । २०६५ मा जिल्ला कमिटी सचिव र २०६६ मा जिल्ला संयोजक भएका पहाडी २०६७ मा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेका थिए । उनी एमालेको नवौँ महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । 

स्नातकोत्तर सम्मको अध्ययन सकेका पहाडी हाल प्रतिनिधिसभाको विकास समितिको सदस्य पनि थिए । तर, प्रतिनिधिसभा विघटनको अवस्थामा रहेकाले अहिले संसदीय समितिहरु छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved