अन्तराष्ट्रिय ब्राण्डलाई आशिषको चुनौती, तोड्दैछन् पेयपदार्थमा विदेशी कम्पनीको साम्राज्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 30, 2021 | 01:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पेयपदार्थ भन्ने वित्तिक्कै बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई मात्रै बुझ्ने हाम्रो पूरानो चिन्तन छ । चिन्तन मात्रै पनि नभई, मल्टिनेसनल ब्राण्डले नै राज गर्दै आएका पनि छन् । तर, अब अवस्था फेरिएको छ । किनकी विदशी ब्राण्डसँग ‘होम ब्राण्ड’लाई प्रतिस्पर्धी बनाउन सिंगापुर वेभरेजले उत्पादन बढाएको छ ।

सन् २०१७ बाट सुरु भएको सिंगापुर वेभरेजले निरन्तर ब्राण्ड थप गर्दै लगेको छ । नयाँ ब्राण्ड थप गर्ने क्रममा कम्पनीले ‘जीरु’ ब्राण्ड थपेको छ । यो ब्राण्ड बजारमा आएको केही महिना भईसक्यो । यसलाई अधिक रुचाईएको पनि छ । जिरा र बिरे नुनको मिश्रणबाट बनाईएको यो पेयपदार्थ केवल पिउनका लागि मात्रै औषधि लागि पनि लाभदायक छ । ग्याष्ट्रिकको रोगबाट पीडितहरूलाई जीरु फाइदाजनक रहेको उपभोक्ताहरु नै बताउँछन् । 

जीरुको स्वाद कस्तो हुन्छ ?

जीरुको स्वाद अनौठो हुन्छ । जिरा र बिरेनुन मिसाएर बनाईएको हुनाले यसको स्वाद पनि गुलियो र  नुनिलो हुन्छ । 

यसको लोकप्रीयता मेचीदेखि महाकाली र हरेक नेपालीको घर घरमा बढ्दै जानेमा कम्पनी विश्वस्त छ । राजधानी काठमाडौँमै पनि जतिले जीरु उपभोग गरेका छन्, उनीहरुले निरन्तर पिईरहेका छन् । सँगै, निकै सकारात्मक प्रतिक्रिया दिँदै आएका छन् । काठमाडौँमा दिनानोदिन जीरुका ग्राहक बढ्दै छन् ।

कसरी जन्मियो सिंगापुर वेभरेज ?

बहुराष्ट्रिय कम्पनीका उत्पादनको दबदबा रहेको वर्तमान पेयपदार्थको बजारमा ती उत्पादनलाई चूनौती दिन आफैँमा ठूलो आँट हो । यो आँट गर्ने युवा हुन् ३१ वर्षीया डा. आशिष शर्मा । उनै आशिषले ४ वर्ष अगाडी सिंगापुर वेभरेजमार्फत क्लब कोला, मनसुन ड्यु, फेन्सी, क्लब सोडा, राइट, लण्डन ड्राइटोनिक वाटर बजारमा ल्याईसकेका छन् ।

सिंगापुर वेभरेजमार्फत उत्पादन बजारमा ल्याउनुअघि डा. आशिषले लामो अध्ययन गरे । मल्टिनेशनल ब्राण्डको एकाधिकार तोड्ने सपना देख्दै आएका उनले उत्पादन सुरु गरेपछि छोटो समयमै बजारबाट हुन प्रतिक्रिया पाए, त्यसले उत्पादन र ब्राण्ड थप गर्दै लैजान प्रोत्साहन पाए ।

झापाको बिर्तामोडस्थित साढे ३ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा १ बिघामा प्लाण्ट छ । उद्योगमा हालसम्म २५ करोड बढी लगानी भईसकेको छ । 

डा. शर्माका बुबा वितरकका पूराना व्यापारी हुन् । बुबाकै प्रेरणा र आफ्नो इच्छाशक्तिले सिंगापुर वेभरेजको जन्म भएको आशिषको बुझाई छ ।

को हुन् ३१ वर्षीया डा. शर्मा ?

३० वर्षको उमेरै ‘मानार्थ डाक्टर’को उपाधि पाएर नामको अगाडी डा. (डाक्टर) लेख्नेहरु कमै हुन्छन् । लगनशीलताको पर्याय यो पनि हो की, आशिषले यसबाट पनि आफूलाई प्रमाणित गरेका थिए ।

बीबीए सम्मको अध्ययन नेपालमै गरेका शर्माले मास्टर्स डिग्री भने दुबईबाट ‘इन्टरनेशनल बिजनेस’मा गरेका हुन् । रुची र पढाईको तालमेल मिल्यो भने योजना बनाउन र बनेका योजनाहरु ‘इम्प्लिमेन्ट’ गर्न सहज हुन्छ भन्ने उदाहरण पनि हुन् आशिष ।

पेय पदार्थमार्फत वार्षिक अर्बौं रुपैयाँ विदेशिने गरेकोमा आशिषका बुबा चिन्तित थिए । यसलाई रोक्नुपर्छ भनेर बाबु र छोराबीच निरन्तर छलफल भईरहन्थ्यो । यसलाई रोक्न पहल लिनुपर्छ भनेर बुबाबाट आशिषले हौसला पाईरहन्थे ।

कम्पनीले बजारमा ल्याएका उत्पादन विदेशमा निर्यात गर्ने ठूलो सपना छ आशिषको । जीरु भने अमेरिका, बेलायत र अष्ट्रेलियामा पनि पुगिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved