नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले गणतन्त्र दिवसका अवसरमा ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ लागू हुने कम्पनीले जनाएको छ ।
यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको लागी मान्य हुनेछ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ ।