१४ देशमा टेलिकमको डाटा रोमिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 02:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ मुलुकहरुमा विस्तार गरेको छ । संविधान दिवसको अवसरमा भोलि असोज ३ गतेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् । 

टेलिकमले ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved