एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 05:47:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा लिमिटेडले कोरोनाभाइरसको संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । 

एनसेलले अक्सिजन कन्सन्ट्रेटर सरकारलाई सहयोग गर्दै आफुले हस्तान्तरण गर्ने १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर मध्ये पहिलो लट शुक्रबार मन्त्रालयलाई हस्तान्तरण गरेको जनाएको हो ।

कोभिड–१९ विरुद्घ मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । कोरोनाभाइरस रोगबाट संक्रमित बिरामीहरु जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीहरुका लागि अक्सिजन एक आधारभुत मेडिकल आवश्यकता हो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने बताईएको छ ।

“एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटरले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गयौँ । ”

अधिकृत चोङ्ले कोभिड प्रतिकार्य अन्तर्गत नै धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेको र यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गर्ने जानकारी दिए । 

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्ने जनाईएको छ ।

यस विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहककालागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवा माथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्ने एनसेलले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved