नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको लागि दरखास्त आह्वान, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 01:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले इच्छुक त्तहा योग्य नेपाल नागरिकबाट दरखास्त माग गरेको हो ।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पुरा भई ५६ वर्ष ननाघेकाले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्ने उल्लेख छ ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष सहित १२ वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ । “व्यवस्थापकीय पद भन्नाले तहगत व्यवस्था भएका निकायका हकमा दसौँ वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको श्रेणी बुझाउनेछ।" 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका, २०७८ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिने पनि हुनु पर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले ५ हजार शब्को कार्य योजना सहित पुस ७ गते बुधबारसम्म आवेदन दिन भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved