८ सयमै भायानेटको इन्टरनेट, एनसेलको ४८ जीबी डेटा सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 03:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक भायानेटले एनसेल सँगको सहकार्यमा ‘मिनी प्याक’ अफर ल्याएको छ । यो अफरअन्तर्गत भायानेटका प्रयोगकर्ताले महिनाको ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट खरिद गर्न सक्नेछन् ।

यो प्याक खरिद गर्दा प्रयोगकर्ताले एनसेलको ४८ जीबी मोबाइल डेटा भएको सिम निःशुल्क रुपमा पाउने छन् । अंग्रेजी नयाँ वर्षको सम्मुखमा कम्पनीले ल्याएको यो अफर आज आइतबारदेखि लागू भएको छ । यो अफर योजना सीमित समयसम्म मात्र उपलब्ध हुनेछ । 

प्रयोगकर्ताले एनसेलको सिममार्फत प्राप्त हुने मोबाइल डेटा प्रतिमहिना ४ जीबीका दरले प्रयोग गर्न सक्नेछन् । सँगै भायानेटको मोबाइल एप प्रयोग गर्दा भने डेटा प्रयोग गर्नुपर्ने छैन । त्यस्तै एनसेल नम्बरबाट भायानेटको कल सेन्टरमा निःशुल्क फोन गर्न सकिनेछ ।

प्रतिमहिना एनसेलबाट एनसेलमा ५० वटा एसएमएस निःशुल्क पठाउन पनि सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved