समुद्र मुनिका तारमा समस्या आउँदा नेपालमा इन्टनेट ‘स्लो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 10:22:56 AM मा प्रकाशित

laxmi  sunrise bank

समुद्र मनिका केवलहरुमा समस्या आएका कारण इन्टरनेट सेवा प्रभावित भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन अफ नेपालले जनाएको छ । 

इन्टरनेट सेवा प्रवाह गर्न समुद्र मुनिका सबमरिन केवलहरु प्रयोग गरिने  केही दिनदेखि यी सबमरिन केवलहरुमा समस्या देखिएकाले सेवा प्रभावित भईरहेको एसोसियसनले जनाएको छ । 

मुम्बई खाडी मार्गको उप-समुद्री भागका केवलहरुमा समस्या देखिएको छ । यसकारण मुम्बई हुँदै युरोप मध्यपूर्व ९खाडी० र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको देखिएको छ । अपस्ट्रिम प्रदायकहरुले हालको अवस्थामा वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन् । 

अपस्ट्रिम प्रदायकहरुका अनुसार मर्मत केवल जहाज, पानीमा मौसमको अवस्था र मर्मत कार्यका लागि अनुमति लिने जस्ता निर्भरताहरुका कारणले गर्दा यी समस्या समाधान गर्न केही हप्ता लाग्न सक्नेछ । 

एसोसियसनका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको विज्ञप्तिमा नेपालका इन्टरनेट सेवा प्रदायकहरु जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved