क्रिप्टो, बिटक्वाइन र हाइपर नेटवर्किङको एप्स र वेवसाइट नेपालभित्र नचल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 03:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन जस्ता  एप्स नेपाल भित्र बन्द गराउन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउँदै प्राधिकरणले क्रिप्टो सम्बन्धि एप्स र वेवसाइट बन्द गराउन निर्देशन दिएको हो ।

सञ्चार मन्त्रलायले फागुन १ गते प्राधिकरणलाई पठाएको पत्रमार्फत अनलाइनमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ’ इन्टरनेट सेवाप्रदायकलाई पठाएको प्राधिकरणको पत्रमा भनिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved