इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सूचना संचार प्रविधि दिवस बहिष्कार गर्ने, यस्ता छन् कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2022 | 12:11:33 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिष्कार गर्ने निर्णय गरेका छन्। बैशाख १४ गते बसेको कार्यसमितिको बैठकले उक्त दिवस बहिष्कार गर्ने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।

यस वर्षको सूचना तथा संचार प्रविधि दिवससंग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय भएको संघका अध्यक्ष तथा सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले बताए।  

"यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससंग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौँ" उनले भने, "यस वर्षको यस दिवसलाई हामीले सकारातमक रुपमा लिएका छैनौँ किनभने विगत देखी हालसम्मका कुनैपनि सरकारले सूचना र संचार प्रविधिको लागी आवश्यक वातावरण नबनाई, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा, कार्यक्रमको नाममा देखावटी कामहरु मात्रै गर्दैछ।"

बहिस्कार गर्नुका कारणहरुः

१. संचार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रा अपस्ट्रिम प्रोभाइडर जस्ता कम्पनीलाई भुक्तानिको लागी विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेको र गर्न लगाएको। यसकारण उक्त कम्पनीलाई बिगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिती आएको।

अहिले संचार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नका लागि विदेशी मुद्रा सिफारिस रोकेको जस्तो देखिएको उनीहरुको आरोप छ। नेपालको संघिय संसद सार्वजनिक लेखा समितीबाट दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुशूची ६ ९क० अनुसार support charge, Annual Maintenance, Technical Charge र Monitoring Charge जस्ता गैर दूरसञ्चार सेवा मा RTDF  रोयल्टी नलाग्ने देखिएकोले वेरुजु लगत हटाउन निर्देशन दिइसकेको अवस्थामा यसको उल्टो दिशा तर्फ मन्त्रालय लागेको।

उक्त निर्णयलाई पालना नगरी संचार तथा सूचना प्रविधि मन्त्रालयले वेरुजुकै विषयलाई लिएर अनेकन बाहनामा विदेशी मुद्रा सिफारिस रोकेर नीजि क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्न तर्फ आकर्शित भएको ।

सोही बेरुजु रकम दाखिला गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हाम्रा एक सदस्य संस्था Worldlink Communications Ltd को नाममा दिएको आदेश पत्रको विरुद्धमा सम्मानित सर्वोच्च अदालतबाट मितिः२०७७र३र१२ मा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश पनि जारी भएको।

२. सोही किसिमको वेरुजु रहेको बाहानामा TV सेवा प्रदायकहरुलाई पनि विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेको अवस्थाले गर्दा TV सेवा पनि बन्द हुने स्थितीमा पुगेको।

आइस्पानकाअनुसार अत्यावश्यक सेवालाई विदेशी मुद्रा सिफारिसमा रोक लगाउन पाइदैन। अत्यावश्यक सेवालाई राज्यले बन्द हुनबाट बचाउनु पर्नेमा संचार तथा सूचना प्रविधि मन्त्रालय आफै नै बन्द गर्न लागि परेको छ।

३.उच्च स्तरिय समितिले “विद्युतिय पोल प्रयोग तथा सो को भुक्तानी एंव उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन” दिएको छ। जसको कुनै पनि बुदाको कार्यानवयन नहुँदा नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तार काट्ने, संयन्त्रहरुलाई प्रभावित पार्ने, आफू खुसी भाडादर कायम गर्ने जस्ता कार्यहरु गरेका कारण।

४.नेपाल इन्टरनेटमा चर्को कर लगाउने मुलुक भित्र पर्ने तितो सत्य विद्यमान छ। इन्टरनेटमा लाग्ने करहरु (४५%) भन्दा बढी करहरु नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्था गरेको कारण।

सन् २०१७ मा UN General Assembly ले इन्टरनेटको पहुँचलाई मानव अधिकारको रुपमा स्थापित गरिसकेको छ। राज्यका विभिन्न निकायहरुले इन्टरनेट बन्द गराउने उद्धेश्यका साथ निरन्तर लागिरहेको आभास आफुहरुलाई भएको अध्यक्ष पराजुली बताउँछन्। 

बिगत ६ महिनादेखि नै इन्टरनेट र नीजि क्षेत्रलाई सिध्याउने किसिमका गतिविधीको निरन्तरता राज्य र राज्यका निकायहरुबाट भइरहेको उनको आरोप छ।

अत्यावश्यक इन्टरनेट सेवा, मानव अधिकार भित्र पर्ने इन्टरनेट बन्द गर्ने, नीजि क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुसाहित गरि सिध्याउन खोज्ने प्रवृतिको बिरोध गर्दै अहिले चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने कुरा पनि सबैलाई जानकारी गराउन चाहेको अध्यक्ष  सुधिर पराजुलीले बिजपाटीलाई बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved