प्राधिकरणलाई एनसेलको जवाफ 'शेयर खरिद बिक्रीको विस्तृत विवरण पछि उपलब्ध गराउँछौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 12:09:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई शेयर खरिद बिक्री प्रक्रिया सुरु भएको र यसबारे विस्तृत विवरण पछि पठाउने जवाफ दिएको छ । आज आयोजित अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले सोधेको प्रश्को जवाफ एनसेलले पठाएको जानकारी दिंदै उसले विस्तृत विवरण भने कानुन बमोजिम पछि उपलब्ध गराउने बताएको सांसदहरुलाई अवगत गराएका हुन्।

एनसेलले आफुले सम्पूर्ण कानुनको पालना गर्ने उल्लेख गरेको पनि उनले बताए । 

अध्यक्ष खनालले यस अघि टेलियासोनेराले शेयर बिक्री गर्दा पनि प्राधिकरणबाट पछि नै स्वीकृति लिएको बताए । अध्यक्ष खनालले एनसेलको शेयर खरिद बिक्रीबारे छानविन गर्न बिहीबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव जाने जानकारी पाएको उल्लेख गरे ।

अध्यक्ष खनालले एनसेलको स्वमित्व लिएको रिनल्ड होल्डिंग कम्पनीले आफ्नो स्वामित्व बेलायतको स्प्रेक्टलाइट कम्पनीलाई बेचेको बताए । प्राधिकरणले दूरसञ्चार नियमावली, २०५४ को नियम १५ मा यसरी शेयर खरिद बिक्री गर्न सकिने व्यवस्था रहेको उनले उल्लेख गरे ।

एनसेलको शेयर खरिद बिक्री प्रकरणमा विभिन्न प्रश्न उठेपछि आज अर्थ समितिले प्राधिकरणका अध्यक्षलाई बोलाएर यसबारे छलफल गरेको हो । 

 एनसेलको माउ कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत शेयर स्वमित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचेको हो। रिनाल्ड होल्डिंग लिमिटेडको नाममा रहेको एनसेलको स्वामित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचिएको हो। यो कम्पनी २ महिना अघि मात्र अर्थात् २६ सेप्टेम्बर २०२३ मा दर्ता भएको थियो  । यस कम्पनीमा एक संचालक र एक सचिव मात्र छन्  । संचालकको रुपमा सतिशलाल आचार्य छन्। कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved