एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न बनेको समितिको म्याद थप्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 04:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न बनाएको उच्चस्तरीय समितिको म्याद थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको म्याद माघ १५ गतेसम्मको लागि थप्ने निर्णय गरेको  सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले मङ्सिर २१ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । 

समिति गठन गर्दा ३० दिनको समय दिइएको भए पनि अहिले माघ १५ गतेसम्मको लागि अवधि थप गरिएको हो  । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved