माउन्टेन गाइडलाई सरकारी लाइसेन्स अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 04:54:21 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहणमा जाने माउन्टेन गाइडहरुले अब सरकारी लाइसेन्स पाउँने भएका छन् । आरोहणमा जाने गाइडहरुलाई लक्षित गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन विभागले नयाँ कानूनी संरचना निर्माण गरेर लाइसेन्स दिने तयारी गरेको हो । 

अब सरकारी लाइसेन्स नभएका गाइडहरु आरोहणमा सहभागी हुन पाउँने छैनन् । हिमाल आरोहणको सम्पूर्ण जिम्मा पाएको पर्यटन विभागले लाइसेन्स वितरणका लागि आन्तरिक तयारी थालेको जनाएको छ । 

विभागले विदेशी संस्थाबाट हिमाल आरोहणको तालिम लिएको वा तालिम दिने प्रशिक्षक तथा नेपाल पर्वतारोहण संघले उपलब्ध गराउने रेडबुक होल्डरलाई सरकारी लाइसेन्स दिने विभागका निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार विभागले दिने गाइडको लाइसेन्स यातायात व्यवस्था विभागले वितरण गर्ने सवारी सञ्चालन लाइसेन्स जस्तै हुनेछ । 

उनका अनुसार आरोहणको लाइसन्स वितरणका लागि आवश्यक संरचनाका विषयमा छलफल सुरु भएको छ । लाइसन्स प्रिन्टदेखि अन्य व्यवस्थापकिय प्रक्रिया पूरा गरेर छिट्टै लाइसेन्स वितरण सुरु हुनेछ । विभागले लाइसेन्स वितरण सुरु गरेपछि हिमाल आरोहणमा जाने सहयोगी भने हाइअल्टिच्यूड पोर्टरको रुपमा मात्र मान्यता पाउने छन् ।

यसअघि अनुभव तथा पर्वतारोहण संघले उपलब्ध गराउने रेडबुकलाई आधार बनाएर गाइडहरु आरोहणमा संग्लन हुँदै आएका थिए । नेपालमा करिब २ हजारभन्दा बढीको संख्यामा माउन्टेन गाइड रहेको अनुमान गरिएपनि यकिन तथ्यांक छैन ।

विगतदेखि हिमाल आरोहण गरि अनुभवी माउन्टेन गाइडले आरोहण रेकर्डका आधारमा सिधै लाइसेन्स पाउने विभागले जनाएको छ । हरेक सिजनको आरोहणको रेकर्ड पर्यटन विभाग तथा संघमा राखिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved