नेपालमै पहिलोपटक द क्लिफमा परी पिङ, कति लाग्छ शुल्क?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 10:36:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले परी पिङ  सञ्चालनमा ल्याएको छ । यो स्वीङ एसिया तथा नेपालमा नै पहिलो पटक शुरू भएको क्लिफका सञ्चालक राजु कार्कीले बताए । 

जमिनको सतहबाट करिब २५० मिटर माथि भिरमा १० मिटरको डोरि झुन्ड्याएर  स्वीङ सञ्चालन गरिएको सञ्चालक कार्की बताउँछन् । ‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले क्रेन स्वीङ सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

परी पिङको मज्जा महिलाहरुले मात्र नभई सबैले लिन सकिने कार्की बताउँछन् । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको  द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved