बंगलादेशबाट आएका सयौँ पर्यटकलाई महिलाले बजाएको नौमतीबाट भव्य स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 02:40:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशबाट आएका पर्यटकलाई महिलाले बजाएको नौमती बाजाबाट स्वागत गरिएको छ । आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार  शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन थालेका छन् । आज दिउँसो करिब २०० पर्यटक आइसकेका छन् ।

अगस्ट १८ देखि अगस्ट २२ सम्म होटल र्‍याडिसनमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरु आएका हुन्। सम्मेलन सकिएलगत्तै उनीहरुको नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्ने योजना रहेको पर्यटन बोर्डले जनाएको छ । 

शुक्रबार दिउँसो र साँझ हिमालयन एयरबाट र भोलि दिउँसो विमान बंगलादेशको चार्टर्डबाट उनीहरु नेपाल आउन लागेका हुन्।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्याण्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ सिएन पाण्डेले बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो भएको बताए ।

यसले नेपालको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले बताए । एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। 

ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकमार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार हुने र थप पर्यटक आउन मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved