सैलुङको प्रचारका लागि ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 02:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको सैलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले ‘वाइल्ड स्टे विथ चौंरी’ को आयोजना गर्ने भएको छ । स्पार्क कारले सैलुङको पर्यटकीय प्रचारका लागि वाइल्ड स्टे विथ चौंरी कार्यक्रम आयोजना गर्न लागेको हो ।

स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत सैलुङमा वाइल्ड स्टे विथ चौंरी आयोजना गर्न लागेको जनाएको छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार सुरू भएको स्पार्क एडभेन्चरको दोस्रो संस्करण सैलुङमा आयोजना हुन लागेको हो । 

रामेछाप र दोलखाको सिमानामा रहेको सैलुङ पर्वत र त्यहाँका चौंरी गोठलाई केन्द्रित गरेर स्पार्क एडभेन्चरको दोस्रो संस्करण स्वरुप ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अमरदीप भट्टराइले जानकारी दिए ।

आगामी असोजको ११ देखि १३ गतेसम्म हुने कार्यक्रममा कलाकारसहित सरोकारवालाहरु सहभागी हुनेछन् । असोज ११ गते बिहान काठमाडौँबाट यात्रा सुरू हुनेछ । असोज १२ गते चौंरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गरिने जनाइएको छ । त्यो दिन बेलुका सांस्कृतिक कार्यक्रमसहित रैथाने खाना खुवाइनेछ ।

चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, रहनसहन र स्थानीय परिकारको स्वाद लिन र नयाँ रमणीय ग्रामीण पर्यटकीय गन्तव्यहरूको खोजीमा रहेकाहरुले कार्यक्रममा सहभागी जनाउन सक्ने आयोजकले जनाएको छ । हिमालयको पानारोमा भ्युु, लेकाली फूल र उच्च पहाडी क्षेत्रका दृश्यावलोकन गर्न इच्छुकले ३० हजार रुपैयाँ तिरेर कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved