पर्यटन बोर्डले ल्यायो २ अर्बको बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 05:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि २ अर्ब १ करोड बजेट ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १ करोड २३ लाख बजेट ल्याएको हो ।

बोर्डको सञ्चालक समितिले शनिबार यो बजेट स्वीकृत गरेको हो । आर्थिक वर्ष सुरु भएको २ महिनाभन्दा बढी समय बितिसकेपछि बोर्डले बजेट ल्याएको हो । दुई महिनाअघि नै बजेट पेस भएपछि सञ्चालक समितिबाट स्वीकृत हुन सकेको थिएन ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालका अनुसार पर्यटन प्रवर्द्धन, अनुसन्धान, ट्रेकिङ गन्तव्य पहिचान र प्रवद्र्धनमा बजेट केन्द्रित छ । यसपालीको बजेटले हरेक प्रदेशमा एक एक वटा हिल स्टेशनको सुरूवात गर्ने, आन्तरिक र अन्तराष्ट्रिय प्रवद्र्धनका कार्यक्रम गर्ने, पदमार्ग बनाउने, पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचार गर्ने र अनुसन्धानमूलक कार्यहरुका लागि बजेट छुट्याइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved