साहसिक खेलमा सबैभन्दा बढी डलर भित्र्याउने पोखरा अल्ट्रालाइटलाई सरकारले गर्‍यो सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 09:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन् । अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सन् २०२२ अगष्ट १ देखि २०२३ अगष्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए । यस कम्पनीले ४४,३८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ ।

पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ छन् ।

पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृङ्खला तथा पोखरा शहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved