हवाई टिकटमा लगाइएको भ्याट हटाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 05:06:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले हवाई टिकटमा लगाइएको भ्याट हटाउन माग गरेको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको छलफल तथा अन्तरक्रियामा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको तर्फबाट हवाई टिकटमा लगाइएको भ्याट हटाउन माग गरेका हुन् । 

उनले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले फाइदा लिन नसकेको भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई बलियो बनाउँदै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन निगममा रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न पहल गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सुरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए । 

उनले हाल सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि गर्न दिनसमेत माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved