पूर्वमन्त्री ज्योतिको पक्राउबारे नाडाको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 04:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी डा. रुप ज्योतिको पक्राउबारे नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) ले आपत्ति जनाएको छ । प्रतिष्ठित उद्योगपतिको रुपमा मुलुकको ब्यापार व्यवसाय र उद्योग धन्दाको स्थापना र प्रवद्र्धनमा योगदान पु¥याउदै आएको ज्योति ग्रुपका उपाध्यक्ष पक्राउ पर्नुले निजी क्षेत्र हतोत्साहित भएको नाडाको निश्कर्ष छ ।

उद्योग व्यवसाय गर्ने सन्दर्भमा  गरिने सम्झौता एवं  आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गतसमाधान गर्ने बैकल्पीक मार्ग हुँदा हुँदै पनि पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कामले निजी क्षेत्र हतोत्साहित भएको नाडाले जनाएको छ । 

डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो । रुप ज्योति नाडाका पूर्व अध्यक्ष समेत हुन् । उनी पूर्व अर्थराज्य मन्त्री समेत भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved