गुप्तचरको रिपोर्ट: 'आतंककारीहरु नेपाल हुदै भारत छिर्ने तयारीमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 03:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको भुमि हुदै आतंककारीहरु भारत प्रवेश गर्न सक्ने आशंकामा भारत सरकारले सीमा क्षेत्रमा सुरक्षा ब्यबस्था कडा बनाएको छ । भारतीय गुप्तचर विभागले नेपाली भुमी हुदै आतंककारीहरु भारत प्रवेश गर्न सक्ने भन्दै सुरक्षा ब्यबस्था कडा बनाउन निर्देशन दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय गुप्तचर विभागले लश्कर ए तैयबा, इंडियन मुजाहिदीन र सिमी जस्ता संगठन साझा उदेश्य सहित भारत प्रवेश गर्ने र भारतमा आक्रमण गर्ने योजना बनाएको रिपोर्टिंङ त्यहाँको गृह मन्त्रालयमा गरेको छ । भारतको गणतन्त्र दिवस नजिकिदै गरेको, नागरिकता विधयेक बिरोधि आन्दोलन भईरहेको र केहि समय अगाडी नेपालको बाटो हुदै केहि संदिग्ध व्यक्तिहरु पक्राउ समेत परेकोले सीमामा कडा सुरक्षा ब्यबस्था अपनाईएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

२६ जनवरीसम्म सुरक्षा जांचलाई कडा पारिने भएको हो । जस अनुसार सीमा क्षेत्रमा साविकको भन्दा बढी जनशक्ति परिचालन गरिएको छ भने नेपाल हुदै प्रवेश गर्ने संदिग्धलाई निगरानीमा समेत राखिएको छ। कोहि शंकास्पद व्यक्ति प्रवेश गरे उनीहरुले परिचयपत्र ,फोटो,नाम,र रजिस्टरमा ठेगानाहरू सबै जानकारी गराएर मात्र प्रवेश पाउने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved