न्यायधीशले प्रधानमन्त्रीलाई भेटेको समाचारबारे सर्वोच्च अदालत बोल्यो (विज्ञप्ति)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 10:31:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले संवैधानिक इजलासका न्यायाधीशहरुले प्रधानमन्त्रीसँग भेट गरेको भनेर प्रकाशित समाचारको खण्डन गरेको छ । सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वच्छता र अदालतको जनआस्थामा प्रभाव पार्ने भ्रामक समाचार सम्प्रेषण हुनु दुःखद भएको उल्लेख गरेका छन् ।

‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved