अकोराबमा ओली र काँग्रेस समर्थक पत्रकारको गठबन्धन, पत्रकार महासंघमा पनि कायम रहने दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 06:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक रेडियोहरूको छाता संस्था ‘सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)’ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय पत्रकार र नेपाली काँग्रेस समर्थक पत्रकार संगठनबीच गठबन्धन सहमतिको घोषणा भएको छ । हालसम्म एमाले सम्वद्ध व्यक्तिले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेस निकट प्रेस युनियनले पाउने गरी गठबन्धन गरिएको हो । 

घोषणा अनुसार अध्यक्ष र महासचिव प्रेस युनियन, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपालले पाउने गरी गठबन्धन भएको हो । शनिबार साँझ नै प्रेस युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिने सहमति भएको थियो । गठबन्धनमा जनता समाजवादी पार्टी, नेकपा मसाल, राप्रपालगायत साना दल सम्वद्ध पत्रकारका संगठनको पनि सहभागिता छ । 

स्रोतका अनुसार नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पनि यही गठबन्धन कायम रहने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved