दिल्लीमा आजदेखि फेरि लकडाउन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 01:24:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज सोमबार राति १० बजेदेखि अर्को साताको सोमबार बिहान ५ बजेसम्म लकडाउन लागु गरिएको घोषणा गरेका हुन् ।

बढ्दो कोरोना संक्रमणलाई रोक्न लकडाउन गरिएको उनको भनाई छ । यस अवधिमा स्वास्थ्य प्रणालीमा सुधार गरिने उनले बताएका छन् । 

लकडाउन अवधिमा विवाह समारोहमा ५० जनासम्म सहभागी हुन सक्ने मृत्यु संस्कारको लागि २० जनासम्म उपस्थित हुन सकिने जनाईएको छ । त्यसको लागि छुट्टै पासको ब्यबस्था हुने मुख्यमन्त्री केजरीवालले बताए । अत्यावश्यक सामग्री, खाना, र स्वास्थ्य सामाग्रीलाई भने अवरोध हुने छैन ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् भने १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved