वृद्ध भत्ता मासिक ४ हजार पुग्यो, अन्य समुहको सामाजिक सुरक्षा भत्ता कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 02:08:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक गरेको छ । मन्त्रीपरिषदको बैठकले यस अघिको सरकारले बढाएको बृद्द भत्ताको दरलाई निरन्तरता दिने निर्णय गरेपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले नयाँ मासिक रकम सार्वजनिक गरेको हो । 

चालु आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता सहित सबै खाले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएको घोषणा गरेका थिए ।  तर सरकार परिवर्तन भएर शेर बहादुर देउवा नेतृत्वको सरकार बनेसंगै सरकारले बजेट समेत संशोधन गर्ने तयारी गरेको छ । त्यसको लागि सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।  बजेट संशोधन गरिने भएपनि सरकारले यस अघिको सरकारले बढाएको वृद्द भत्ता नचलाउने भएको हो ।  

आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएका थिए । उनले सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बढाएको बताएको थिए । उनले सामाजिक सुरक्षाको लागि १ खर्ब छुट्याईएको बताएका थिए । सोहि दर अब कार्यन्वयन हुने भएको हो

हेर्नुस् अब कसले कति भत्ता पाउछन् ?   

१. ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले मासिक ४००० रुपैयाँ 

२. ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरुका नागरिक र देशभरीका दलित नागरिकले मासिक २६६० रुपैयाँ 

३. विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका एकल महिलाले मासिक २६६० रुपैयाँ 

४. पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवाले मासिक २६६० रुपैयाँ 

५. सम्बन्धित निकायबाट क वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु (पूर्ण अपाङ्गता भएका ) ले मासिक ३९९० रुपैयाँ 

६. सम्बन्धित निकायबाट ख वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु (अति अशक्त अपाङ्गता)ले मासिक २१२८ रुपैयाँ । 

७. लोपोन्मुख आदिवासी/जनजाति अन्तर्गत कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियाले मासिक ३९९० रुपैयाँ 

८. बालबालिका अन्तर्गत अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई मासिक ५३२  रुपैयाँ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved