एमाले महाधिवेशनः यी हुन् पदाधिकारीमा प्रस्तुत हुने नाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 09:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा जारी छ । महाधिवेशनले आज नेतृत्व चयन गर्दैछ । 

आज दिउँसोसम्म नेतृत्वको घोषणा हुने र नेतृत्वले नै पदाधिकारी चयन गर्ने एमाले स्रोतको दाबी छ । 

बन्दसत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । शनिबार राति अबेरसम्म चलेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो । 

स्रोतका अनुसार प्रारम्भिक नामावली तयार भईसकेको छ । अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेलको चर्चा छ । 

महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रघुजी पन्तको नाम तय भईसकेको स्रोतले जनाएको छ । यद्यपी, यी नाम अध्यक्ष ओलीले प्रस्तुत गरेपछि मात्रै ‘फाइनल’ हुनेछ ।

सचिवमा योगेश भट्टराइ, विष्णु रिमाल, भानुभक्त ढकाल, रघुबीर महासेठ आउने स्रोत बताउँछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved