अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 06:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को संक्रमण भित्रिन नदिन दक्षिण अफ्रिकी देशका नागरिकलाई प्रवेशमा रोक लगाईएको हो । 

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन आइतबार निर्देशन दिएको छ । कूटनीतिक, अफिसियल र आपतकालीन काम भएकाबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्रै आवश्यक निर्णय लिन पनि निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved