देशभरको मौसम बदली, काठमाडौँ आसपासका डाँडामा पनि हिमपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 08:47:23 AM मा प्रकाशित

laxmi  sunrise bank

 पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण बुधबार देशभारको मौसम बदलि भएको छ।यस प्रभावका कारण हाल देशभर सामान्य देखि पुर्ण बदली हि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जल त्तहा मौसम विज्ञान विभागले जनाएको छ।

यो मौसमी प्रभावका कारण काठमाडौँ आसपासका डाँडामा पनि हिमपात भएको छ ।चन्द्रागिरी, फुल्चाेकी, नगरकाेट, शिवपुरी लगायतका डाँडामा हिमपात भएको छ 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया दली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।विभागका अनुसार आज राती  देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य दली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ।बिहिबार राती देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबारबाट भने मौसम सुधार हुने विभागले जनाएको छ।शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले उल्लेख गरेको छ ।शुक्रबार राती देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved