बिहिबार देशभर नै सार्वजनिक विदा दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 06:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुस १५ गते बिहिबार देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन देशभर नै विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगहरुमा समेत विदा हुने छ। सरकारले विदा दिएपछि बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्दहुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

Image

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved