आलटाल नगरी एमसीसी पास गर्न बाबुराम भट्टराईको आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 12:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्न आह्वान गरेका छन् । सत्ता साझेदार समेत रहेको जसपा नेता भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्नु पर्ने र यसबारे सबै मिलेर बुझाउनु पर्ने बताएका हुन्  ।

एमसीसी पास गर्ने बहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुने उनले बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् ' एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!'

पछिल्लो समय सत्ता गठबन्धनमा रहेका शिर्ष नेतृत्वबीच एमसीसी पास गर्ने सहमति भएको चर्चा चलेको छ  । आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सहमति भएको बताईएको छ  । 

तर माओवादी केन्द्रका नेता नारायाणकाजि श्रेष्ठले भने एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा सत्य नभएको बताएका छन् । माओवादी केन्द्र यथास्थितिमा त्यसको पक्षमा नरहेको उनले प्रष्ट पारेका छन् । साथै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले  एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर नभएको पनि बताएका छन् । उनले भनेका छन् 'कुनै भ्रममा नपरौं ; प्रम देउवाले एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन। गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ , साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।'


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved