सत्ता गठबन्धनले मिलायो ६ वटै महानगरको भागवण्डा, कुन कसलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 04:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनको बैठकले ६ वटै महानगरपालिकाको भागवण्डा मिलाएको छ । आज मंगलबार बसेको गठबन्धनको बैठकले काठमाडौँ, ललितपुर, विराटनगर, बिरगंज, भरतपुर र पोखरा महानगरको भागवण्डा टुंगो लगाएको हो ।  

जस अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने भएको छ भने जसपाले वीरगञ्ज तथा माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरा भने एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । 

यसअघि पोखरामा  कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको थिएन।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान थियो भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै आएका थिए।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका थिए । देउवासँगको छलफलपछि कास्कीका कांग्रेस नेताहरु पोखरा छाड्न तयार भएका हुन् । छलफलमा देउवाले गठबन्धन बचाउनको लागि पोखरा छोड्नु पर्ने बाध्यता रहेको बताएका थिए ।

आजको बैठकले  उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved