आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने, आजै बजेट पारित गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 08:57:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज बिहिबार बजेट पारित गर्ने तयारी गरेको छ । बजेटमा उठाईएका प्रश्नको जवाफ दिन मन्त्रीले आज जवाफ दिने र आज नै बजेट पारित गर्ने गरि संसद सचिवालयले कार्यसूची तय गरेको छ ।

आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । हिजो राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले बाँकि जवाफ दिने कार्यसूची आजको लागि सारेका हुन् ।

आज नै बजेटमा पारेक खर्च कटौतीका प्रस्ताव हरु निर्णयार्थ पेश गर्ने र त्यसपछि आज नै बजेट पारित गर्ने तयारी संसद सचिवालयको छ। बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved