बिहिबारसम्म नै भारी वर्षा हुने, आज र भोली यी जिल्लामा बाढीको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 09:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। सो को प्रभावको कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।

विभागका अनुसार आज बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।


बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


त्यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। बिहिबार राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


आगामी २४ घण्टा प्रदेश नं १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले सबैमा अनुरोध गरेको छ।


बाढी पूर्वानुमान विभागले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बड्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। आज र भोलि नारायणी र यसका सहायक नदीहरु सेती, कालिगण्डकी, मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


आज र भोली कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज प्रदेश १ को झापा, मोरंग, सुनसरी, ईलाम, धनकुटा, उदयपुर, पाँचथर, तहथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे पलान्चोक, मकवानपुर, सिन्धुली ; मधेश प्रदेशको सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी (व.सु.पू), लमजुङ, तनहूं, कास्की, पर्वत, बागलुङ, लुम्बिनी प्रवेशको नवलपरासी (व.सु.प.), पाल्पा, रूपन्देही कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा,बझाङ, वैतडी, दार्चुला र आसपास भई वहने अधिकांश स-साना नवीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved