'मैले गल्ति गरेको छैन, तपाईहरुको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 04:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । उनले आज संसदमा सम्बोधन गर्दै राजिनामा दिएको घोषणा गरेका हुन्। 

राजिनामा दिदै उनले आफु एउटा मात्र होइन, हजारौ छानविनको लागि तयार रहेको बताए । उनले भने 'आज आम नागरिकले आवाज उठाएका कारण , मेरो बिरुद्द एउटा भ्रम सिर्जना भएको कारण, मैले देशको पक्ष, जनताको पक्षमा काम गरेको हुदा हुदै पनि भ्रमण सिर्जना भएर जुन समस्या देखेको छु, त्यसलाई सत्य तथ्यले स्पष्ट गर्ने छ'।

त्यस्तै उनले अनावश्यक झुटा आरोप र लाल्छाना लगाईएको भन्दै त्यसको आफ्नो तर्फबाट खारेज गरेको बताए । उनले आफुले छानविन समितिलाई पूर्ण सहयोग गर्ने बताए । उनले छानविनको लागि मार्गप्रसस्त गर्दै राजिनामा दिएको बताए । उनले छानविनले ल्याएका सस्त्य तथ्यको अगाडी उपस्थित भएर आफ्नो काम अगाडी बढाउने बताए । उनले राजिनामा माग्नेहरुलाई धन्यवाद दिदै भने 'मैले गल्ति गरेको छैन , तपैहरुको आवाजलाई सम्मान गरेर राजिनामा दिएको  छु, तथ्यमा गईदिनु होला' । 

 आज मात्रै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति बनेको छ । समितिको सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सभापतिको चयन सदस्यहरु आफैँले गर्न सक्नेछ ।

काम सुरु गरेको १० दिन भित्रमा समितिले प्रतिवेदन पेश गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved