शनिवार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2022 | 09:51:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिवार बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।

यस अघि भदौ २ गते सिन्धुपाल्चोक केन्द्र भएर ४.२  म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै साउन २१ मा नुवाकोट केन्द्र भएर ५.३  म्याग्नेच्युडको भूकम्प गएको थियो  । 

साउन  १५ गते खोटाङ केन्द्र बनाएर म्याग्नेच्युडको भूकम्प गएको थियो । यस भूकम्पले घरहरु भत्काउनुको साथै विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved