नारायणीमा पानीको बहाव बढ्दो, गण्डक बाँधका २२ ढोका खोलियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 11:10:56 AM मा प्रकाशित

laxmi  sunrise bank

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो 


नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएको छ ।  बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ 


तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved